images
images

खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

  • ६ बैशाख २०८३, आईतवार १३:२०

भक्तपुर ।  बिष्णुमति खोला किनारमा चार थान पेस्तोल र ५८ राउण्ड गोली  फेला परेको छ ।

काठमाडौं महानगरपालिका–१५ शोभा भगवतीस्थित बिष्णुमति खोला किनारबाट पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन् ।

पेस्तोल र गोलीका साथै ७ थान म्यागजिन पनि भेटिएको उनले बताए । बरामद पेस्तोल टाइप-५४ रहेको छ । सोही पेस्तोलको म्यागजिन ७ थान भेटिएको हो । खोला किनारमा फेला परेको हतियार जेनजी आन्दोलनको क्रममा प्रहरीबाटै लुटिएको हुनसक्ने आशंका गरिएको छ ।

महानगरपालिका र प्रहरीको सरसफाइ टोलीले सफा गर्ने क्रममा आइतबार  पेस्तोल र गोली फेला परेको हो । ९ एमएम बेरेटा पेस्तोलको गोली ५८ राउण्ड बरामद भएको हो ।

विशेष सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले हतियार बरामद गरेको छ ।