भक्तपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ।
कांग्रेसको आईतबार बसेको बैठकले विज्ञ समितिलाई पूर्णता दिइएको हो । गत चैत ११ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनका विषयमा अध्ययन गरी राय-सुझाव दिन पार्टीका उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको थियो।
विज्ञ समिति
संयोजक- उपसभापति पुष्पा भुसाल
सदस्य- वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी
सदस्य- वरिष्ठ अधिवक्ता हरिहर दाहाल
सदस्य- वरिष्ठ अधिवक्ता प्रेमबहादुर खडका
सदस्य- वरिष्ठ अधिविक्ता उपेन्द्रकेशरी न्यौपाने
सदस्य- वरिष्ठ अधिविक्ता शेरबहादुर केसी
सदस्य- वरिष्ठ अधिवक्ता यदुनाथ खनाल
सदस्य- वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे
सदस्य- वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारी
सदस्य- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी
सदस्य- वरिष्ठ अधिवक्ता सीताराम केसी
सदस्य- वरिष्ठ अधिवक्ता ललितकुमार बस्नेत
सदस्य- अधिवक्ता रनबहादुर थेवे
सदस्य- अधिवक्ता शर्मिला श्रेष्ठ
सदस्य- अधिवक्ता झलमाया विक
सदस्य सचिव- अधिवक्ता राजु कटुवाल










