images
images

देउवा पक्ष भेलाको निष्कर्ष : एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्छ

  • ६ बैशाख २०८३, आईतवार १४:४७

भक्तपुर । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको १४औँ महाधिवेशनबाट चुनिएका उनी पक्षधर केन्द्रीय सदस्यको बैठकले यस्ताे निष्कर्ष निकालेको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि आगामी रणनीति तय गर्न भन्दै आईतबार देउवा समूहका पूर्वकेन्द्रीय सदस्यहरूको भेला आयोजना गरिएको थियो ।

विगतका कांग्रेसले भोग्दै आएको उतारचढाव र अहिलेको अवस्थाबारे बैठकमा छलफल भएको नेता कुन्दनराज काफ्लेले बताएका छन् । पार्टीमा नमिल्नुपर्ने कारण नभएको उल्लेख गर्दै नेता काफ्लेले स्वाभिमानको कुरा भएकाले यसमा गगन थापा पक्ष  जिम्मेवार हुनुपर्ने बताएका छन् ।