भारत सरकारको पेट्रोलियम मन्त्रालयले अहिले ४१ वटा देशबाट तेल आयात गरिरहेको बताएको छ।
हालका वर्षहरूमा तेल आयातमा विविधीकरणलाई जोड दिएको पेट्रोलियम मन्त्रालयले रुसी तेलमा लगाइएको अमेरिकी प्रतिबन्ध र होर्मुज संकटका कारण भारतलाई धेरै ठूलो असर नपरेको बताएको छ । भारतमा अमेरिका र ब्राजिलबाट तेल आइपुग्न ५० देखि ६० दिन लाग्छ।
राम्रो साख छ
जबकि रुसबाट २८ दिन लाग्छ। खाडी मुलुकहरूबाट भने यो समय ५ देखि ७ दिनमा तेल आईपुग्ने गरेको छ । युद्धका बेला ट्रेडरहरूको स्क्रिनमा मूल्य ११० डलर देखिँदा पनि भारतले प्रति ब्यारेल १४० डलरको दरमा समेत तेल खरिद गरेको थियो। भारत एउटा ठूलो अर्थतन्त्र हो र ऊसँग पर्याप्त विदेशी मुद्रा सञ्चिति हुनुका साथै तेल उत्पादक राष्ट्रहरूमाझ राम्रो साख पनि छ ।
अर्जेन्टिनाबाट आपूर्ति
भारतले कतारबाट एलपीजी र एलएनजीको आपूर्तिमा अवरोध आएपछि तुरुन्तै अर्जेन्टिनालाई आपूर्ति गर्न आग्रह गर्यो। यद्यपि त्यहाँबाट जहाज भारत आइपुग्न ५८ दिन लाग्छ, तर अर्जेन्टिना ठुलो परिमाणमा आपूर्ति गर्न तयार भयो । भारतसँग राम्रो सम्बन्ध राख्न चाहेका कारण आपूर्तिका लागि अर्जेन्टिना तयार भएको बताइएको छ ।
अन्य देशबाट तल आयात गर्दा समय धेरै दिन लाग्ने भएपछि भारत तेल आयातमा ठप्प भने भएको छैन । खाडी मुलुकबाट एक सातामा तेल आईपुग्ने भारतमा अहिले २८ देखि ५८ दिनसम्ममा अन्य मुलुकबाट तेल आयात भइरहेको भारतीय अधिकारीहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा ।










