दोलखा । दोलखाको शैलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार रिमालबावु श्रेष्ठ १३ मतले अगाडि देखिएका छन् । श्रेष्ठले वडा नम्बर ८ को १६ सय मत मतगणना भइसक्दा ४६ सय ५१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार धन बहादुर तमाङले ४६ सय ३६ मत प्राप्त गरेका छन् । उनीहरुबीच निकै कडा प्रतिस्पर्धा भइरहेको छ । शैलुङको अध्यक्ष कस्ले जित्ने हो भन्ने विषयमा यतिवेला सबैको ध्यान केन्द्रित छ । उपाध्यक्षतर्फ नेकपा एमालेकी उम्मेदवार पार्वती कार्की अग्रस्थानमा आएकी छिन् । उनले ४ हजार २ सय २० मत पाएकी छिन् भने नेपाली कांग्रेसका उम्मेदवार दावा दोर्जे लामाले ३ हजार ७ सय ७७ मत पाएका छन् ।