images
images

विगु गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारको अग्रता कायमै

  • ५ जेष्ठ २०७९, बिहीबार १२:३२

दोलखा । दोलखाको विगु गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका सञ्जिव ओलीले अग्रता बढाउँदै लगेका छन् ।

यो समाचार तयार पार्दासम्म १ सय ६ को मतान्तरले ओली अगाडि देखिएका हुन् । उनले २८ सय ७६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अच्युतम केसीले २७ सय ७० मत पाएका छन् । उपप्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका आङ्नीमा शेर्पाको अग्रता कायमै छ । उनले २६ सय २ मत पाएका छन् भने उनका प्रतिद्धन्द्धि नेकपा एमालेकी देवीका थामीले २५ सय १६ मत पाएकी छिन् । उनीहरुबीचको मतान्तर ८६ मात्रै छ । विगुमा पनि गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । हालसम्म विगुको ५ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । अझै विगुमा ३ वटा वडाको मतगणना हुन बाँकी छ ।