images
images

गौरीशंकरमा प्राबिधिक शिक्षा अध्ययनका लागि ४६ जनाले दिए आवेदन

  • ५ जेष्ठ २०८०, शुक्रबार ११:४७

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाले आर्थिक रुपले विपन्न र जेहेन्दार विद्यार्थीलाई स्नातक र प्रविणता प्रमाणपत्र तह अध्ययनको लागि दिन लागेको छात्रबृत्तिका लागि ४६ जनाले आवेदन दिएका छन् ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई दिन लागेको छात्रबृत्तिका लागि ४६ जनाले आवेदन दिएका हुन् । छात्रबृत्तिका लागि सबैभन्दा बढी डिप्लोमा ईन आईटीमा २६ जनाले आवेदन दिएका छन् । यस्तै, डिव्लोमा ईन सिभिल ईन्जिनियरिङका लागि ५ जना, डिप्लोमा इन् एग्रिकल्चरका लागि ४ जना, एमबिबिएस र स्टाफ नर्सका लागि २/२ जना, बन बिज्ञान स्नातक र बिएस्सी एजिका लागि २÷२ जनाले छात्रबृत्तिका लागि आवेदन दिएको गाउँपालिकाले जनाएको छ ।छात्रबृत्तिका लागि बिएसस्सी र बिबिएका लागि भने एक/एक जनाले आवेदन दिएको गाउँपालिकाका आन्तरिक लेखा परीक्षक एबम् प्रशासन प्रमुख नविन बस्नेतले जानकारी दिनुभयो ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई दिन लागेको छात्रबृत्तिका लागि ४६ जनाले आवेदन दिएका हुन् । प्राबिधिक दक्ष जनशक्ति उत्पादन तथा आर्थिक रुपले विपन्न र जेहेन्दार विद्यार्थीलाई स्नातक र प्रविणता प्रमाणपत्र तह अध्ययनको लागि छात्रबृत्ति दिन लागिएको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभयो ।

प्राबिधिक विषय विपन्न परिवारको पहुँचमा पु¥याउने उद्धेश्यले छात्रबृत्ति कार्यक्रमलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ । प्राबिधिक दक्ष जनशक्ति उत्पादन तथा आर्थिक रुपले विपन्न र जेहेन्दार विद्यार्थीलाई स्नातक र प्रविणता प्रमाणपत्र तह अध्ययनको लागि छात्रबृत्ति दिन लागिएको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभयो । पालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार प्राबिधिक जनशक्ति उत्पादन गर्न तथा आर्थिक रुपले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनबाट बन्चित हुन नपरोस् भन्दै सो कार्यक्रम लागु गरेको गाउँपालिकाले जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई छात्रबृत्ति वितरणमा विशेष प्राथमिकता दिईनेछ ।

विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एम.बि.बिएस, इन्जिनियर, कृषि तथा पशु चिकित्सक जस्ता प्राबिधिक दक्ष जनशक्ति उत्पादनको लागि छात्राबृत्ति उपलब्ध गराउन छात्रबृत्ति वितरण कार्यविधि,२०७९ स्वीकृत गरी छात्रबृत्ति वितरणको प्रक्रिया सुरु गरिएको गाउँपालिकाका शिक्षा अधिकृत एबम् सुचना अधिकारी सन्तोष पौडेलले जानकारी दिनुभयो ।गाउँपालिकाले प्रदान गर्ने छात्रबृत्तिले बिद्यार्थीलाई पठनपाठनमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । चालु वर्ष गाउँपालिकाले छात्रबृत्ति कार्यक्रमका लागि २० लाख बजेट छुट्याएको छ । गाउँपालिकाले बैशाख ६ गते छात्रबृत्तिको आवेदन माग गरेकोमा १५ दिन अर्थात् जेठ २० गतेसम्मको समय दिएको थियो । चालु बर्षबाट सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई प्राथमिकतामा राखि दक्ष प्राबिधिक जनशक्ति उत्पादनका लागि छात्रबृत्ति वितरण कार्यक्रम ल्याईएको हो ।