images
images

सरकारले सहकारी नियमनमा कडाइ गर्ने

  • ५ जेष्ठ २०८०, शुक्रबार १६:५३

काठमाडौं । सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो। यतिबेला बचत सहकारीहरु आर्थिक समस्यामा छन् । सरकारको आगामी नीति तथा कार्यक्रममा सहकारीमा बचतकर्ताको लगान सुरक्षा गरिने, सहकारीलाई कडाइ साथ नियमन गरिने पनि उल्लेख छ । सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गरिने पनि राष्ट्रपति पौडेलले घोषणा गर्नुभयो ।