images
images

प्रेस सेन्टर नेपाल बागमती प्रदेशको साधारणसभा हुँदै, गृहमन्त्री धुलिखेल आउने

  • ५ जेष्ठ २०८०, शुक्रबार १८:४५

दोलखा । प्रेस सेन्टर नेपाल बागमती प्रदेशको साधारणसभा भोली हुँदैछ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा भोली विहान साँढे ११ बजेबाट सुरु हुने साधारणसभाको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्धघाटन गर्ने कार्यक्रम तय भएको छ । प्रेस सेन्टर नेपालको ऐतिहाँसिक साधारणसभाको विशेष अतिथिमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठ रहनुभएको छ । साधारणसभामा प्रेस सेन्टरका केन्द्रिय पदाधिकारीहरु, सदस्यहरु, केन्द्रिय अनुशासन र लेखा समितिका पदाधिकारी तथा सदस्यहरु, बागमती प्रदेश समितिको  कार्यसमिति, प्रेस सेन्टरका जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुको सहभागी रहनेछ ।

प्रेस सेन्टर नेपालमा आवद्ध सय जना भन्दा बढी पत्रकारको उपस्थितिमा ऐतिहाँसिक साधारणसभा हुँदैछ । बागमती प्रदेश अन्र्तगत उपत्यका बाहेक १० जिल्लाका पत्रकारहरु धुलिखेलमा जम्मा हुनेक्रम सुरु भइरहेको प्रेस सेन्टर नेपाल बागमती प्रदेशका अध्यक्ष यदुनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार साधारणसभा तोकिएकै समयमा सुरु गर्नेगरी सम्पुर्ण तयारी पुरा भएको हो ।