images
images

योजना अनुगमनका लागि बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री दोलखामा

  • ५ जेष्ठ २०८०, शुक्रबार १९:५६

दोलखा । बागमती प्रदेशको भौतिक पूर्बाधार बिकास मन्त्री युवराज दुलाल दोलखा आउनुभएको छ ।

उहाँ आज दोलखामा प्रदेशबाट सञ्चालित प्रमुख सडक योजनाहरुको अनुगमनका लागि दोलखा आउनुभएको हो । मन्त्री दुलालको टोलीले आज सिद्धाको थान जुँगु झ्याँकु सुरी सडक खण्डको अनुगमन गरेको छ । उहाँको साथमा दोलखा आएका मन्त्रालयका सचिब शंकरप्रसाद पण्डित, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् दोलखा जिल्ला ईन्चार्ज बिशाल खड्का, पूर्बाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजु श्रेष्ठ लगायतको टोलीले सडक पूर्बाधारहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मन्त्री दुलालले राष्ट्रिय प्राथमिकताका प्रमुख सडकहरुलाई तीब्रता दिन सरकारले नयाँ योजना ल्याएर अघि बढ्ने बताउनुभयो । मन्त्री दुलाल आज नीलकण्ठेश्वर माविमा आयोजित कार्यक्रममा पनि सहभागी हुनुभएको छ । साथै गौरीशंकर गाउँपालिकाको कार्यालयमा पुग्नुभएका मन्त्री दुलाललाई पालिका अध्यक्ष विश्वास कार्कीले पालिकाको सबै स्थानमा पहुँच पुग्न नसकेको भन्दै सडक योजना बिस्तारका लागि विशेष पहलकदमी लिन आग्रह गर्नुभएको छ ।

उहाँ आज माथिल्लो तामाकोशी जलबिद्युत आयोजना स्थलमा बस्ने र भोली बिगु गाउँपालिकाको पूर्बाधार विकास लगायतका योजनाको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।