images
images

दोलखामा आजदेखि अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगीता सुरु

  • ५ जेष्ठ २०८०, शुक्रबार २०:१४

दोलखा । दोलखा सदरमुकाम चरिकोटमा आजदेखि अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगीता सुरु भएको छ ।

दोलखा चेस होम नेपालको आयोजनामा चरिकोटस्थित होटल एम्ब्रोसियामा दोलखा पाँचौं अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगीता सुरु भएको हो । आजदेखि सुरु भएको प्रतियोगीता ९ गतेसम्म चल्नेछ । आदर्श पुरुष स्वच्छ व्यक्तित्व पुर्वमन्त्री समेत रहेका भीमबहादुर तमाङको स्मृतिमा आयोजना प्रतियोगीतामा कुल ४ लाख ८३ हजार नगद पुरस्कार रहेको छ । प्रतियोगीतामा नेपाल र विदेशी गरी १ सय ५६ जना प्रतिस्पर्धामा छन् । प्रतियोगीतामा नेपाल, भारत, बंगलदेश, पाकिस्तान, श्रीलंका, फ्रान्स र अमेरिकाका खेलाडीको सहभागीता छ ।

प्रतियोगीताका विजेताले नगद एक लाख, उपविजेताले ६० हजार र तेस्रो हुनेले ४० हजार पुरस्कार प्राप्त गर्नेछ । यस्तै चौंथो हुनेले नगद २५ हजार, पाँचौंले १५ हजार, छैंटौंले १० हजार तथा सातौं देखि १० औं सम्मले जनही ७ हजार ५ सय प्राप्त गर्नेछन् । फिडेको स्वीस लिग अनुसार ९ चरणसम्म सञ्चालन हुने प्रतियोगीतामा विभिन्न विद्यामा गरी ४७ जना खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगीता सञ्चालनका लागि १५ लाख खर्च लाग्ने अनुमान गरिएको दोलखा चेस होम नेपालका अध्यक्ष गोविन्दमान श्रेष्ठले जानकारी दिनुभयो ।