images
images

ललितपुरमा आगलागीमा परी एकै परिवारका ४ जनाको मृत्यु

  • ६ जेष्ठ २०८१, आईतवार ०७:५८

ललितपुर । ललितपुरमा आगलागी हुँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–१७ स्थित एक टहरामा आगलागी हुँदा आमा, बुबा र दुई छोरीहरुको मृत्यु भएको हो । मोबिल भण्डार गरिएको टहरामा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरीका परिवार घाईते भएका थिए । घाईते भएकी श्रीमती रुपा गिरीको वैशाख ३१ मा मृत्यु भएको थियो भने छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसाको भोलीपल्ट मृत्यु भएको थियो । यस्तै सञ्जयको पनि हिजो उपचारको क्रमम मृत्यु भएकाले मृत्तकको संख्या ४ पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले सञ्जयका भतिज १५ वर्षीय नित गिरी उपचाररत रहेको बताउनुभयो । उनको अवस्था सामान्य रहेको उहाँको भनाई छ । आगलागीको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।