दोलखा । दोलखाको मेलुङ गाउँपालिका–१ पवटीस्थित हाम्रो सुर्याेदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको भनिएको चोरीको घटना रहस्यमय बनेको छ ।
गत माघ १४ गते राति हाम्रो सुर्योदय सहकारीको पवटिस्थित कार्यालयमा रहेको ‘भल्ट’ बाट ३२ लाख भन्दा बढी रकम चोरी भएको भनिए पनि घटना घटेको चार महिनासम्म सत्यतथ्य पत्ता लाग्न नसकेको हो । सहकारी चोरीको बिषयलाई लिएर एक जनाले आत्महत्या समेत गरे पनि उक्त घटनाको तथ्य बाहिर आउन सकेको छैन । सहकारी चोरीको घटनालाई लिएर प्रहरीले अनुषन्धान गरिरहेका बेला कार्यालय रहेको घरवेटी एवँ संस्थाका पूर्व कोषाध्यक्ष कपिलमणि न्यौपानेको आत्महत्या पछि सो घटना ओझेलमा परेको हो ।
सहकारीका पूर्व कोषाध्यक्ष न्यौपानेले गत फागुन ५ गते आत्महत्या गरेपछि सहकारी चोरीको घटनाको अनुषन्धान प्रभावित हुन पुगेको छ । मृतकका परिवारजनले सहकारी संचालक, पूर्व संचालक र व्यवस्थापकसहित २४ जना बिरुद्ध प्रहरीकोमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएकोमा ११ जना बिरुद्ध दोलखा जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो । तत्कालिन अध्यक्ष छत्रराज उप्रेती सहितका पदाधिकारी र व्यवस्थापक महेन्द्र भुजेल धरौटीमा रिहा भएपनि सहकारी चोरीको घटनाको गम्भीर अनुषन्धान हुन सकेको छैन । घटना लगत्तै अनुषन्धानलाई तिव्र बनाएको दोलखा प्रहरी समेत यो बिषयमा मौन देखिएको छ । सहकारी चोरीको घटनामा संस्था र संचालककोतर्फवाट जाहेरी समेत नपरेको प्रहरीले जनाएको छ ।
गत माघ १४ गते राति हाम्रो सुर्योदय सहकारीको पवटिस्थित कार्यालयमा रहेको ‘भल्ट’ बाट ३२ लाख भन्दा बढी रकम चोरी भएको भनिए पनि घटना घटेको चार महिनासम्म सत्यतथ्य पत्ता लाग्न नसकेको हो । पवटीस्थित हाम्रो सुर्योदय सहकारी चोरीको घटना रहस्यमय बन्दै गएका बेला मेलुङ गाउँपालिकाले गठन गरेको छानविन समितिले पनि अधुरो प्रतिवेदन तयार पारेको छ । छानविन समितिले उक्त सहकारी संस्थावाट ३३ लाख १ हजार ९ सय ७८ रुपैयाँ गायव भएको भनेपनि सो रकम चोरी भएको हो ? वा संचालक र व्यवस्थापकवाट अनियमितता भएको भन्ने बारेमा स्पस्ट बोलेको छैन ।
पवटीस्थित हाम्रो सुर्योदय सहकारी चोरीको घटना रहस्यमय बन्दै गएका बेला मेलुङ गाउँपालिकाले गठन गरेको छानविन समितिले पनि अधुरो प्रतिवेदन तयार पारेको छ । पालिका उपाध्यक्ष गायत्री आचार्यको संयोजकत्वमा गठित छानविन समितिले उक्त सहकारी संस्थावाट ३३ लाख १ हजार ९ सय ७८ रुपैयाँ गायव भएको भनेपनि सो रकम चोरी भएको हो ? वा संचालक र व्यवस्थापकवाट अनियमितता भएको भन्ने बारेमा स्पस्ट बोलेको छैन । मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले सहकारी चोरीको घटना प्रहरी अनुषन्धानमा रहेको भन्दै चोरी प्रमाणित भए कानुन वमोजिम कारवाही हुने र संचालक तथा व्यवस्थापकबाट अनियमित भएको पुष्टि भए सहकारी ऐन, नियम अनुसार सम्वन्धित व्यक्तिवाट असुल उपर गराउने प्रतिक्रिया दिनुभयो ।
हाम्रो सुर्योदय सहकारी चोरीको घटनामा स्थानीय सरकार र प्रहरी तथा सहकारी सम्वद्ध छाता संगठनहरुले आ–आफ्नै तरिकाले अनुषन्धान गर्दा घटना नैं ओझेलमा परेको छ भने दोषीको पहिचान गरी सर्वसाधारण सेयर सदस्यको रकम असुल उपर गर्न सकिएको छैन । मेलुङ गाउँपालिकामा लिखित उजुरी परेपछि पालिकाले तत्कालिन संचालक समितिलाई बिगटन गरेर तदर्थ समिति बनाएको थियो । तदर्थ समितिले पालिकाका जनप्रतिनिधि समेतको उपस्थितीमा सनिवार विशेष साधारण सभा गरेर सहकारीको नयाँ सञ्चालक समिति र लेखा समिति गठन गरेको छ ।
सभाले राजन धनुकेको अध्यक्षतामा ७ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रघुनाथ उप्रेती, सचिवमा बालकृष्ण ओली र कोषाध्यक्षमा जगतराज गणिका चयन भएका छन् । साथै सहकारीले डिल्ली बुढाथोकीको संयोजकत्वमा लेखा समिति पनि चयन गरेको छ ।