
काठमाडौँ । अनलाईनमार्फत ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका एक सहित चार युवक पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ५ का २१ वर्षीय करण तामाङ, काभ्रेपलाञ्चोकको नमोवुद्ध नगरपालिका २ का ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्वुको लिखुपिके गाउँपालिका १ का ३० वर्षीय सञ्जय बस्नेत र नुवाकोटको दुप्चेश्वर गाउँपालिका ४ का १९ वर्षीय छेवाङ लामा ठगी आरोपमा पक्राउ परेका हुन् । सो समुहले हालसम्म १६ लाख ५९ हजार रुपैयाँ ठगी गरेको पाईएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स् एप, इन्टाग्रामलगायतमा साथी बनाई कुराकानी गरी विश्वास दिलाउने र विभिन्न सामानहरु गिफ्ट पठाइदिएको छु भन्सार शुल्क भन्दै रकम हाल्न लगाएर ठगी गरेको खुलेको छ ।
पक्राउ परेकाहरुले क्रिप्टोमार्फत समेत कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जसअनुसार सोलुखुम्वुका सञ्जयले मात्रै ६ करोड ३८ लाख ६५ हजार र करणले ४ करोड ५६ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ ।