images
images

काभ्रेको भकुण्डेबेँसीमा बोलेरोको ठक्करबाट ८४ वर्षीय वृद्धको मृत्यु

  • ५ असार २०८१, बुधबार ०७:३६

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भकुण्डेबेँसीमा बोलेरोको ठक्करबाट ८४ वर्षीय वृद्धको मृत्यु भएको छ ।

जिल्लाको नमोबुद्ध नगरपालिका ७ भुकण्डेस्थित बुद्धचोकमा बोलेरोले ठक्कर दिँदा स्थानीय ८४ वर्षीय वृद्ध शेरबहादुर लामाको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भिर घाईते भएका लामाको गएराति करिव ११ बजे उपचारका क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ । वृद्धलाई भकुण्डेबाट जिल्लाकै कटुञ्जेतर्फ जाँदै गरेको बा १० च २४९६ नम्वरको बोलेरोले भकुण्डेस्थित बुद्धचोकमा ठक्कर दिएको हो ।

ठक्कर दिने बोलेरो र चालकलाई दुर्घटना लगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ ।