दोलखा । नेपाल–चीन संयुक्त सीमा समितिको दोस्रो बैठक १४ वर्षपछि सुरु भएको छ ।
बेईजिङमा हिजोबाट सुरु भएको बैठक सीमा व्यवस्थापनकै एजेन्डामा केन्द्रित रहेको छ । दोलखाको लामाबगरसहित चीनसँगको सीमा नाकामा बेलाबेलामा समस्या देखिने गरेको छ । दोलखाको लामाबगर, गोर्खाको रिउ, संखुवासभाको किमाथांका र हुम्लाको लिमी लाप्चामा सीमा विषयमा समस्या देखिँँदै आएको छ । सो विषय सीमा समितिमार्फत संयुक्त रुपमा स्थलगत अनुगमन गरेर समाधान गर्नुपर्ने कुरा उठ्दै आएको छ । नेपाल चीन संयुक्त सीमा समितिको यो बैठकले त्यसतर्फ दिशानिर्देश गर्ने बताईएको छ ।
दोलखाको लामाबगर सिमा क्षेत्रमा सीमा चिन्ह नेपाल–चीन सीमाभन्दा ९ हेक्टर नेपालतर्फ भेटिएपनि सो विषय अझै समाधान हुन सकेको छैन । दोलखाको लामाबगरसहित चीनसँगको सीमा नाकामा बेलाबेलामा समस्या देखिने गरेको छ । नेपाल चीन संयुक्त सीमा समितिको यो बैठकले त्यसतर्फ दिशानिर्देश गर्ने बताईएको छ ।
२०६८ सालमा दोलखाको लामाबगर सिमा क्षेत्रमा सिमास्तम्भ सरेको थियो । लामाबगरको लेप्चा गाउँस्थित कोर्लाङपारी हिमालको टिप्पाचुलीमा चिनियाँ पक्षले ५७ नम्वरको सीमा चिन्ह नेपालतिर सारेको थियो । लामो समयसम्म फेला नपरेको सो सीमा चिन्ह नेपालतिरको एउटा पहरोमा खोपिएको अवस्थामा भेटिएको थियो । सो सीमा चिन्ह नेपाल–चीन सीमाभन्दा ९ हेक्टर नेपालतर्फ भेटिएपनि सो विषय अझै समाधान हुन सकेको छैन ।
संयुक्त सीमा समितिले दिने प्रतिवेदनका आधारमा नेपाल र चीनबीच सीमासम्बन्धी प्रोटोकल नवीकरण गर्ने सहमति छ । अब संयुक्त सीमा समितिले सीमा क्षेत्रको स्थलगत भ्रमण गरिसकेपछि दिने प्रतिवेदनका आधारमा छलफल गरेर बाउन्ड्री प्रोटोकल नवीकरण गर्ने तयारी छ ।