images
images

सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनालाई एडिबीको २ अर्ब अनुदान

  • ५ असार २०८१, बुधबार १३:१७

काठमाडौँ । एशियाली विकास बैँकले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका स्थित मेलम्चीमा रहेको आयोजनालाई एडिबीले १९ दशमलव ७५ मिलियन अमेरिकी डलर अर्थात् २ अर्ब बढी नेपाली रुपैयाँ अनुदान दिने भएको हो । खानेपानी मन्त्रालयका सचिव सुुरेश आचार्यले सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पु¥याएकाले यसको निर्माणका लागि अनुदान दिएको बताउनुभयो ।

बाढीसँगै बगेर आएका गेग्रान र ढुंगाहरुले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएपछि करिब १ हजार मिटर माथि हेडबक्स बनाउने तयारी भैरहेको छ । करिब साँढे ३ अर्ब लागत लाग्ने अनुमान गरिएको आयोजनाको ४ वर्षमा निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य लिईएको छ ।