images
images

प्रेमिकालाई आफै खर्च गरी विदेश पठाए, वास्ता गर्न छोडेपछि आफैलाई गोली हानि छाडे संसार

  • ६ असार २०८१, बुधबार १४:४४

काठमाडौँ । संघीय संसद सचिवालयमा सुरक्षार्थ खटिएका दोलखाको मेलुङका सुरक्षाकर्मीले प्रेम सम्बन्धका कारण आफैलाई गोली प्रहार गरेको खुलासा भएको छ ।

प्रहरीको अनुसन्धानका क्रममा प्रहरी जवान अजित गोलेले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैलाई गोली प्रहार गरेको खुलेको हो । उनले आँफैले आँफैलाई गोली हान्नुको प्रमुख कारण प्रेमिकासँग जोडिएको पाईएको प्रहरीले जनाएको छ । दोलखाको मेलुङ गाउँपालिका ४ भेड्पुका २२ वर्षिय प्रहरी जवान अजित गोलेको आज बिहान आफैँले आफैलाई गोली प्रहार गर्दा मृत्यु भएको थियो । उनले आज बिहान करिब ८ बजेतिर संघीय संसद भवनको पश्चिमपट्टि २ नम्बर गेटको बायाँपट्टि रहेको शौचालयमा आफैले बोकेको ईन्सास राईफलले आफ्नो निधारमा फायर गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रबक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । गोली प्रहारबाट प्रहरी जवान गोलेको घटनास्थलमै मृत्यु भएको हो ।

उनले आँफैले आँफैलाई गोली हान्नुको प्रमुख कारण प्रेमिकासँग जोडिएको पाईएको प्रहरीले जनाएको छ । मृतक गोलेको ५ महिनाअघि ईन्गेजमेन्ट भएको थियो । ईन्गेजमेन्टपछि दुवई गएकी प्रेमिकाले वास्ता गर्न छोडेको भन्दै उनीहरुबिच विवाद हुने गरेको मोबाईलमा भेटिएको म्यासेजबाट पुष्टी भएको अनुसन्धान अधिकृतले बताएका छन् । 

घटनास्थलमा भेटिएको मोबाईलबाट उनले आँफैले आँफैलाई गोली हानेको प्रारम्भिक तथ्य खुलेको अनुसन्धानमा खटिएका अधिकृतहरुले बताएका छन् । उनको मोबाईल घटनास्थलको शौचालयको भित्तमा ठड्याईएको अवस्थामा फेला परेको थियो । मृतक गोलेको ५ महिनाअघि ईन्गेजमेन्ट भएको थियो । ईन्गेजमेन्टपछि दुवई गएकी प्रेमिकाले वास्ता गर्न छोडेको भन्दै उनीहरुबिच विवाद हुने गरेको मोबाईलमा भेटिएको म्यासेजबाट पुष्टी भएको अनुसन्धान अधिकृतले बताएका छन् । प्रेमीकालाई आँफैले खर्च गरेर दुवई पठाएपनि वास्ता गर्न छाडेपछि विवाद हुँदा गोलेले पटक – पटक मर्छु भन्दै म्यासेज गर्ने गरेको पाईएको छ । आज बिहान गोली हान्नु अघि पनि उनले प्रेमीकालाई म्यासेज र भिडओ कल गरेको देखिएको प्रहरीले जनाएको छ । उनी आज बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्वर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए ।

हतियारसहित ड्युटीमा खटिएका उनी नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँ बानेश्वरमा कार्यरत थिए । २०७८ सालमा प्रहरी जवानमा भर्ना भएका गोलेलाई जेठ २८ देखि संसद भवनमा खटाईएको थियो । गोलेको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको प्रहरीले जनाएको छ ।