images
images

एमाले जिरी नगरकमिटीले जिरी नगरपालिकालाई बुझायो ७१ बुँदे ध्यानाकर्षणपत्र

जिरी (दोलखा) । दोलखास्थित नेकपा एमाले जिरी नगरकमिटीले जिरी नगरपालिकालाई ७१ बुँदे ध्यानाकर्षण पत्र पेश गरेको छ ।

एमाले जिरी नगरकमिटीका इन्चार्ज केशव कुमार कार्की र अध्यक्ष टपिन्द्र खड्का लगायतका नेता कार्यकर्ताले आज नगरपालिकामा पुगेर नगरप्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिलाई भेटेर ध्यानाकर्ष पत्र बुझाएका हुन् । नगरपालिका नयाँ आर्थिक वर्षको लागि नीत तथा कार्यक्रम र बजेट ल्याउने चरणमा रहँदा एमाले जिरी नगरकमिटीले ७१ बुँदामा सामाजिक विकास, कृषि तथा पशुपंक्षी विकास, आर्थिक, भौतिक पूर्वाधार, वन, वातावरण तथा विपद् न्यूनिकरण र सुशासन लगायतको शीर्षकमा विभिन्न बुँदाहरु उल्लेख गरी ध्यानाकर्षण गराइएको छ ।

उनीहरुले जिरी निर्माणमा नगरपालिकाले गर्नुपर्ने जिम्मेवारीहरु औल्याउँदै विभिन्न विषयमा ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षण पत्रमा नगरपालिकाभित्र रहेका स्रोत, साधनको अधिकतम सदुपयोग गरी जिरी निर्माणमा टेवा पुर्याउन सकिने भएपनि त्यसतर्फ नगरपालिकाको गतिविधिहरु उन्मुख नभएको उल्लेख गरिएको छ । साथै, योजना निर्माणको क्रममा बेतिथि देखिएको र योजना तर्जुमाका ७ चरणहरु कार्यान्वयन नगरेको एमाले जिरीको ठहर छ । सबै वडाहरुमा टोलगत छलफल नभई हचुवाका भरमा वडास्तरीय योजनाहरु छनौटका कामहरु हुने गरेको उनीहरुको भनाई छ । प्रदेश गौरवको आयोजनाको रुपमा रहेको अलपत्र जिरी ताल, नगरपालिकामा निर्माण भएका भवनहरु, पार्क तथा भौतिक संरचनाहरु बेबारिसे भएको विषयवस्तुलाई समेत ध्यानाकर्षणको रुपमा उठान गरिएको छ ।

विस्तृत विवरण ध्यानाकर्षपत्रमा