images
images

दोलखामा बालबालिकाको मुटु रोगको परीक्षण, दुई वडामा भेटिए ६ जना गम्भिर विरामी

  • ५ असार २०८१, बुधबार १९:३६

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत करिव ३ हजार बालबालिकाको मुटु परीक्षण गरिएको छ ।

विद्यालयका बालबालिकाको जन्मजात मुटुरोग जाँच शिविरमा विभिन्न विद्यालयमा अध्ययनरत २ हजार ९ सय ८३ जना बालबालिकाको मुटु परीक्षण गरिएको हो । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ३ र ६ का विभिन्न विद्यालयमा कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकाको आज चरिकोटस्थित कालिञ्चोक माध्यमिक विद्यालयमा मुटु परीक्षण गरिएको हो । परीक्षणका क्रममा १ सय २४ जनामा मुुटुको समस्या देखिएको छ । त्यसमध्य ६ जना बालबालिकामा गम्भिर मुटु रोगको समस्या देखिएको परीक्षणमा संलग्न चिकित्सकहरुले बताएका छन् । गम्भिर समस्या देखिएका ६ जना बालबालिकालाई चीनको फुवाई युनान कार्डियोभास्कुलर अस्पताल लगेर निशुल्क उपचार गरिने अन्नपुर्ण न्युरो अस्पतालका वरिष्ठ सर्जन वसन्त पन्तले जानकारी दिनुभयो । अन्नपुर्ण अस्पताल र फुवाई युनान कार्डियो भास्कुलर अस्पताल चिनको आयोजनामा विद्यालयका बालबालिकाको मुटु परिक्षण गरिएको हो । मुटु शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञहरुबाट मुटुको निशुल्क सामान्य जाँच तथा ईको समेत गरिएको थियो ।

अन्नपुर्ण न्युरो अस्पताल र चाईना फुवाई अस्पतालकै आयोजनामा भोली दोलखाको शैलुङस्थित शारदा माध्यमिक विद्यालयमा पनि बालबालिकाहरुको मुटु परीक्षण गरिनेछ ।