images
images

शुक्रबारदेखि मेलम्चीको पानी काठमाडौंमा पठाउन रोकिने, दैैनिक वितरण हुने २० करोड लिटर बन्द हुने

  • ५ असार २०८१, बुधबार २०:५२

सिन्धुपाल्चोक । शुक्रवारदेखि सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी काठमाण्डौमा पठाउन बन्द गरिने भएको छ ।

मेलम्ची खानेपानी विकास समितिले पर्सि शुक्रवारदेखि काठमाण्डौमा पानी पठाउन बन्द गर्ने भएको हो । वर्षासँगै मेलम्ची नदीमा पानीको बहाब बढेकाले आयोजनामा क्षति पुग्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरुङको मूलद्वार बन्द गर्ने तयारी गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो ।

अहिले काठमाण्डौमा दैनिक करिब २० करोड लिटर मेलम्चीको पानी बितरण भइरहेकोमा अब रोकिने भएको छ । मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म वाग्मती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर वितरण गर्नेगरी अधिकार सम्पन्न बागमती सभ्यता–एकीकृत विकास समितिसँग सहमति भएको कार्यकारी निर्देशक लामिछानेले जानकारी दिनुभयो ।