दोलखा । दोलखाको भिमेश्वर नगरपालिस्थित महादेव खोलामा एक पुरुष मृत फेला परेका छन् ।
भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारीका ५९ वर्षिय नारायण बहादुर कार्की महादेव खोलामा मृत फेला परेका हुन् । हिजो साँझ घरबाट निस्किएका कार्की साँझसम्म पनि घर नफर्किपछि आफन्तजनले खोजी कार्य जारी राखेका थिए । आज विहान उनकोे शव वडा नम्बर ६ स्थित महादेव खोलामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा जानकारी पाएलगत्तै हाल प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।










