images
images

दोलखामा एक वर्षको अवधिमा ५ हजार बढी सवारीका साधन कारवाहीमा, ४५ लाख बढी राजस्व संकलन

दोलखा । दोलखामा एक वर्षको अवधिमा सवारी नियम पालना नगर्ने ५ हजार भन्दा बढि सवारी साधन कारवाहीमा परेका छन् । सो कारवाहीवाट ४५ लाख बढी राजस्व संकलन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले आर्थिक वर्ष २०७८/७९ मा सवारी नियम उल्लंघन गर्ने ५ हजार ६४ वटा सवारी साधनलाई कारवाही गरेको हो । गत आर्थिक वर्ष यात्रुहरु बढी बोक्ने, चालक अनुमतिपत्र विना सवारी साधन चलाउने, बढी भाडा असुल्ने ठूला तथा साना गरी ५ हजार भन्दा बढि सवारी साधनलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख, प्रहरी सहायक निरीक्षक (असई) विष्णु पुरीले जानकारी दिनुभयो । गत वर्ष सबैभन्दा बढी १ हजार ५ सय २० वटा मोटरसाइकल कारवाहीमा परेका छन् । यस्तै १ हजार १ सय १३ वटा कार, जिप, भ्यान, १ हजार १ सय ४१ वटा ट्रक, १२ सय ८५ वटा बस, ४ वटा टेम्पो र एउटा ट्याक्टर कारवाहीमा परेका छन् ।

गत वर्ष ५ हजार भन्दा बढि सवारी साधन कारवाहीबाट ४५ लाख भन्दा बढि राजस्व संकलन भएको छ । ट्रक, बस, कार, जिप, मोटरसाइकल लगायतका सवारी साधन कारवाहीबाट ४५ लाख ८ हजार रुपैँया राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार गत आर्थिक वर्ष १५ सय बढि मोटरसाइकल कारवाहीबाट सबैभन्दा बढी १५ लाख ८ हजार राजस्व संकलन भएको छ भने सबैभन्दा कम राजस्व एउटा ट्याक्टर कारवाहीबाट १ हजार रकम संकलन गरिएको छ ।

दोलखामा एक वर्षको अवधिमा सवारी नियम पालना नगर्ने ५ हजार भन्दा बढि सवारी साधन कारवाहीमा परेका छन् । सो कारवाहीवाट ४५ लाख बढी राजस्व संकलन भएको छ । गत वर्ष सबैभन्दा बढी १ हजार ५ सय २० वटा मोटरसाइकल कारवाहीमा परेका छन् । यस्तै १ हजार १ सय १३ वटा कार, जिप, भ्यान, १ हजार १ सय ४१ वटा ट्रक, १२ सय ८५ वटा बस, ४ वटा टेम्पो र एउटा ट्याक्टर कारवाहीमा परेका छन् ।

यसैगरी, बस कारवाहीबाट १० लाख ५९ हजार ५ सय, कार, जिप, ट्याक्टर कारवाहीबाट १० लाख ७६ हजार र, ट्रक कारवाहीबाट ८ लाख ६१ हजार ५ सय र टेम्पो कारबाहीबाट २ हजार राजस्व राजस्व संकलन भएको छ । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सवारी नियम उल्लंघन गर्ने ६ हजार ७ सय १७ वटा सवारी साधनलाई कारवाही गरेको थियो भने ति सवारी साधन कारवाहीबाट ५७ लाख ७० हजार ५ सय रुपैँया राजस्व संकलन भएको थियो ।

जिल्लामा ट्राफिक नियम उल्लघंन गर्ने साना तथा ठुला सवारीका साधनहरु कारवाहीमा पर्ने गरेका छन् । सवारी साधन दुर्घटना तथा ट्राफिक उल्लंघनका घटनाहरु नियन्त्रण गर्न ट्राफिक प्रहरीलाई चुनौतीको बिषय बनेको छ । खासगरी जिल्लाको भौगोलिक विकटता, ग्रामीण कच्चि सडक, सवारी साधनहरु यान्त्रिक रुपमा समक्ष नहुनु, चालकको लापरबाहिका कारण सवारी दुर्घटना तथा ट्राफिक नियम उल्लंघन हुने गरेको ट्राफिक प्रहरी प्रमुख पुरीले बताउनुभयो ।ट्राफिक नियम उल्लंघनका घटनाहरु न्युनिकरणका लागि सचेतना अभियान अघि बढाउने, चालकलाई प्रशिक्षण दिने, चेकजाँचमा कडाई गर्ने लगायतका गतिविधिहरु ट्राफिक प्रहरीले सञ्चालन गरिरहेको उहाँको भनाई छ ।