images
images

वागमतीका मुख्यमन्त्री जम्कट्टेललाई राप्रपाले विश्वासको मत नदिने

  • ४ श्रावण २०८१, शुक्रबार ०८:४०

हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विश्वासको मत नदिने भएको छ ।

पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको हो । मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको राप्रपा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यमन्त्रीले आइतबार बागमती प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको छ । तर विश्वासको मत मागिरहँदा राप्रपाले विपक्षमा मत दिने भएको छ । बागमती प्रदेशसभामा राप्रपाका १२ जना सदस्य रहेका छन् ।