काभेपलाञ्चोक । काभेपलाञ्चोकमा जंगलमा अलपत्र परेकी एक विदेशी महिलाको उद्धार गरिएको छ ।
जिल्लाको धुलिखेल नगरपालिका १२ को ताईचे खोलास्थित गोरेटो बाटोबाट चिप्लिएर जंगलमा अलपत्र परेकी फ्रान्सकी एक महिलाको उद्धार गरिएको हो । फ्रान्स घर बताउने अन्दाजी ५५ वर्षीया सिन्थिया पेट्रिगलाई आज बिहान करिव ११ बजे प्रहरी चौकी श्यामपाटीबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको हो । काभ्रेपलाञ्चोकको नमोवुद्ध भ्रमण गरेर फर्कने क्रममा बाटोबाट चिप्लिएर ५ फिट तल पुगेकी उनी खोल्सामा उठ्न नसक्ने अवस्थामा देखिएपछि प्रहरीले उद्धार गरेको हो ।
उद्धार गरिएकी महिला सकुशल रहेकाले उद्धार गरि प्रहरी चौकीमा सुरक्षा दिएर राखिएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।