
रौतहट । मुस्लिम धर्मावलम्बीहरुको पर्व मोहरम ताजिया –दाहा) मेलामा झडप हुँदा १९ जना सुरक्षाकर्मी घाईते भएका छन् ।
रौतहटको राजपुर नगरपालिका ६ कुडियामा मुस्लिम समुदायले दाहाको झण्डा गाड्ने क्रममा होहल्ला भएपछि सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने क्रममा १९ जना घाईते भएका हुन् । दाहा नचाउने र झण्डा गाड्ने क्रममा उच्छृङ्खल गतिबिधि भई धकेलाधकेल भएको र सो क्रममा सम्झाउन खोज्दा मेलामा सहभागी ढुंगामुढामा उत्रिएको प्रहरीले जनाएको छ । मेला मनाउन उनीहरु घरेलु हतियार सहित उपस्थित भएका थिए । ढुंगामुढाबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीको २ जना गरेर १९ जना सुरक्षाकर्मी घाईते भएका छन् । घाईतेहरुको अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका एसपी बिक्रम हुमागाईँले जानकारी दिनुभयो ।