सिन्धुपाल्चोक । भन्सार चोरी निकासीका ४० लाख बढीको आईफोन सहित सिन्धुपाल्चोकका दुई जना पक्राउ परेका छन् ।
चीन हुँदै कोदारी तर्फ भन्सार छली चोरी निकासी पैठारी गरी ४० लाख ३४ हजार ७ सय मुल्य बराबरको आईफोन, ब्याट्री लगायतका बस्तुहरु ल्याउँदै गरेको अवस्थामा सिन्धुपाल्चोकका दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ३ दुगुनागढी बस्ने २६ वर्षिय पेमदोर्जे शेर्पा र भोटेकोशी २ तामाङ गाउँका २९ वर्षिय राजु थापा रहेका छन् । उनीहरुको साथबाट ४० लाख ३२ हजार मुल्य बराबरको २१ थान आईफोन, २ हजार ७०० मुल्य पर्ने मोबाईलको व्याट्रि ६ थान गरि कुल ४० लाख ३४ हजार ७०० रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।
ईलाका प्रहरी कार्यालय कोदारीबाट खटिएको प्रहरी टोलीले असार ३१ गते भोटेकोशी गाउँपालिका २ स्थित नौँ किलो सडक खण्डमा सवारी साधन तथा मानिसहरुको चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
थापाले चलाएको प्र.०२–००१ प ७६५४ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्ने क्रममा थापाले पछाडि भिरेको झोलामा भन्सार छलेर ल्याउँदै गरेको २१ थान आईफोन र ६ थान मोवाईलको व्याट्री फेला परेको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक निरञ्जन भट्राईले जानकारी दिनुभयो ।
मोटरसाईकल चालक तामाङ र पछाडि सवार थापालाई पक्राउ गरी बरामदी दशीको सामान सहित तातोपानी भन्सार कार्यालयमा आवश्यक कारवाहीका लागि पठाईएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।