images
images

शैलुङ गाउँपालिकाको गाउँसभा दोस्रो पटक स्थगित, जनप्रतिनिधिवीच जुटेन सहमति

जिरी(दोलखा) । दोलखाको शैलुङ गाउँपालिकाको १६ औं गाउँसभा फेरी स्थगित भएको छ ।

शैलुङ गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट साउन ५ गते ल्याउने तयारी गरेपनि फेरी स्थगित भएको हो । गाउँपालिकाले आज सुचना जारी गरी गाउँसभाको १६ औं गाउँसभा स्थगित भएको जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृत सञ्जिव न्यौपानेद्धारा हस्ताक्षरित विज्ञप्तीमा साउन ५ गते विहान ११ बजेका लागि आव्ह्वान गरिएको गाउँसभाको दोस्रो बैठक अर्काे सुचना जारी नभएसम्मका लागि स्थगित भएको भनिएको छ । जनप्रतिनिधिबीचको विवादले गाउँसभा स्थगित हुँदा पालिकाले चालु आर्थिक वर्षको बजेट ल्याउन सकेको थिएन ।

पछिल्लो पटक बसेको कार्यपालिकाको बैठकले साउन ५ गते बजेट ल्याउने सहमति जुटाएपनि बजेट तथा कार्यक्रममा पालिकाले ल्याएको प्रस्तावमा केही जनप्रतिनिधिहरुले असहमति जनाएपछि तत्कालका लागि स्थगित भएको बुझिएको छ । खासगरी एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको फरक मतका कारण अहिलेसम्म शैलुङले बजेट ल्याउन नसकेको हो । नीति तथा कार्यक्रम र बजेटमा एमालेका केही जनप्रतिनिधिले चित्त नबुझाएको र पालिकाले प्रस्ताव गरेको भन्दा बेग्लै प्रस्तावहरु आएकोले छलफल र सर्वसहमतिको लागि केही दिनको विश्राम लिएको पालिका अध्यक्ष रिमलबाबु श्रेष्ठको भनाई छ । असार १० गते जनप्रतिनिधिबीच हात हालाहालको स्थिती पैदा भएपछि गाउँसभा प्रभावित बनेको थियो । सो क्रममा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सभा बहिस्कार गरेका थिए ।

शैलुङ गाउँपालिकाको ४२ सदस्यीय कार्यपालिका रहेकोमा उपाध्यक्ष सहित २६ जना एमाले तथा पालिका अध्यक्षसहित १६ जना नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् ।