images
images

तथ्यांक बिभाग प्रधानमन्त्री कार्यालय मातहत रहने

  • ३ भाद्र २०७९, शुक्रबार १५:२५

काठमाडौँ । तथ्याकं विभाग अब प्रधानमन्त्री कार्यालय मातहत रहने भएको छ ।

६४ वर्षदेखि केन्द्रिय तथ्यांक विभागको नाममा रहेको तथ्याकं संकलन गर्ने राज्यको निकाय अब राष्ट्रिय तथ्यांक कार्यालयका रुपमा परिणत हुने भएको हो । संघीय संसदबाट पारित तथ्यांक विधेयक अनुसार विगतमा राष्ट्रिय योजना आयोग मातहत रहेको कार्यालय अब प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत रहने भएको हो । प्रतिनिधिसभाले २०७९ साल साउन २५ मा राष्ट्रिय सभाबाट संशोधन सहित आएको तथ्यांक विधेयक हुबहु पारित गरेको छ ।