नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ स्थापना भएको छ ।
काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नेपालकै पहिलो ’ह्युमन मिल्क बैंक’ (अमृत कोष) स्थापना भएको हो । अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गर्नुभएको छ । अमृत कोष’ नेपाल सरकार, यूरोपियन युनियन र युनिसेफको साझेदारीमा स्थापना गरिएको हो ।
बैंकले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई आवश्यक भएका वेला अरू आमाहरूको दूध उपलब्ध गराउने अस्पतालका निर्देशक प्रा. डा. अमिरबाबु श्रेष्ठले जानकारी दिनुभयो ।










