images
images

पहिरोले घर पुरिँदा दुई परिवारका ७ जनाले गुमाए ज्यान

  • ३ भाद्र २०८१, सोमबार १०:५१

काठमाडौं । बझाङ र जाजरकोटमा पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु भएको छ ।
बझाङमा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु् भएको हो भने जाजरकोटमा पनि पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।

गयराती बझाङको बुङ्गल नगरपालिका–१० स्थित चुमेडामा घरमाथिबाट पहिरो जाँदा ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षीया काली धामी, २५ वर्षीयम गोल्की धामी, ६ वर्षकी आकृति धामी र ३ वर्षकी लक्ष्मी धामी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिनुभयो । पहिरोमा पुरिएका ६ जनाको उद्धार गरिएको बुङ्गल नगरपालिकाका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिनुभयो

यसैबिच, जाजरकोटको नलगाड नगरपालिका–२ ठूलाडाँडामा पहिरोले घर पुरिँदा एकै घरका ३ जनाको मृत्यु ज्यान गएको हो । गएराती पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोरा रहेको अधिकारीले बताउनुभयो । भूकम्पले घर भत्काएपछि लालबहादुरको परिवार अस्थायी टहरामा बस्दै आएका थिए ।