images
images

नेपालबाट थप २५१ मेगावाट विद्युत निर्यातका लागि भारतको स्वीकृति

  • ३ भाद्र २०८१, सोमबार १४:१६

काठमाडौँ । भारत सरकारले नेपालका १२ वटा जलविद्युत परियोजनाको थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति प्रदान गरेको छ ।

भारतीय केन्द्रीय विद्युत प्राधिकरणले नेपालबाट विद्युत निर्यातका लागि स्वीकृति प्रदान गरेको हो । जसअनुसार पहिलो पटक बिहारमा मध्यकालिन विद्युत विक्रि सम्झौता मार्फत विद्युत निर्यात गर्ने भएको नेपालस्थित भारतीय दुतावासले जनाएको छ । दुताबासका अनुसार यो स्वीकृतिसँगै कुल स्वीकृत परिमाण ६९० मेगावाट बाट ९४१ मेगावट पुग्ने भएको छ ।

पछिल्लो समय भारतबाट २५१ मेगावाटबाट स्वीकृत हुनु अगावै गत आर्थिक वर्ष १६.९३ अर्ब रुपैयाँ बराबरको विद्युत विक्रि गरि नेपाल खुद विद्युत निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ । सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावट विद्युत निर्यातका लागि अनुमति दिएको थियो ।

तीन वर्ष भन्दा कम अवधिमा यो आँकडा २४ गुणा भन्दा बढीले बढेको दुतावासले जनाएको छ । नेपालले ईन्डियन ईनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा विक्रि गरि पहिलो पटक उर्जा निर्यात गरेको थियो ।