images
images

संविधान दिवशको अवसरमा दोलखाका प्रमुख जिल्ला अधिकारी सहित ४ जना विभूषित हुने

  • ३ आश्विन २०७९, सोमबार ०९:२४

जिरी (दोलखा) । संविधान दिवशका अवसरमा दोलखाका प्रमुख जिल्ला अधिकारी सहित ४ जनालाई विभूषित गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखाका ४ सहित विभिन्न ९९८ जना व्यक्तिलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको हो । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले सो घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा सुप्रबल जनसेवाश्रीबाट विभूषित हुने भएका छन् भने थप जिल्लाका अन्य ३ जनालाई पनि विभुषित गरिने भएको छ । जसमा मेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्मा प्रवल जनसेवाश्री, विगु गाउँपालिका वडा नम्बर ५ का समाजसेवी मनोहर खड्का समाजसेवा रत्न र भिमेश्वर नगरपालिका वडा २ का शिक्षासेवी सूर्यकृष्ण श्रेष्ठलाई शिक्षा ज्योती पदकबाट विभूषित गर्ने घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले प्रत्येक वर्ष संविधान दिवशको दिन सैंयौ व्यक्तिहरुलाई विभूषित गर्दै आएको छ ।

यो पटक स्वं पूर्वप्रधानमन्त्री सुशिल कोइराला सहित ९९८ जना लाई विभूषित गरिएको छ । स्वं पूर्वप्रधानमन्त्री कोइरालालाई नेपाल रत्न पुरस्कारबाट विभूषित गरिएको छ ।