जिरी (दोलखा) । एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड जिरी दोलखाको कुल सम्पति एक अर्ब १९ करोड पुगेको छ ।
जिरी नगरपालिकास्थित लिंकनबजारमा रहेको एकीकृत फ्रेण्डसिप साकोसको कुल सम्पति एक अर्ब १९ करोड १८ लाख ३६ हजार ४ सय ७७ पुगेको हो । यो गत साउन महिना सम्मको संस्थाको कुल सम्पति विवरण हो । यद्धपी हाल सञ्चालन भइरहेको संस्थाको आठौं वार्षिक साधारण सभामा संस्थाले गत आर्थिक वर्ष २०७८/७९ सम्म संस्थाको कुल पूँजी १ अर्ब १८ करोड ९१ लाख ७ हजार ८ सय २३ रुपैंया रहेको विवरण सार्वजनिक गरेको छ । एकीकृत फ्रेण्डसिपले अघिल्लो वर्ष भन्दा गत वर्ष कम मुनाफा गरेको पाइएको छ । अघिल्लो वर्ष करिब एक करोड मुनाफा गरेको संस्थाले गत आर्थिक वर्ष ६९ लाख ४७ हजार ९ सय ८० रुपैंया अर्थात २८ दशमलव ८७ प्रतिशत मात्रै नाफा आर्जन गरेको छ ।
एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड जिरी दोलखाको कुल सम्पति एक अर्ब १९ करोड पुगेको छ । एकीकृत फ्रेण्डसिपले अघिल्लो वर्ष भन्दा गत वर्ष कम मुनाफा गरेको पाइएको छ । अघिल्लो वर्ष करिब एक करोड मुनाफा गरेको संस्थाले गत आर्थिक वर्ष ६९ लाख ४७ हजार ९ सय ८० रुपैंया अर्थात २८ दशमलव ८७ प्रतिशत मात्रै नाफा आर्जन गरेको छ । साकोसमा गत आर्थिक वर्षसम्म १३ हजार ७ सय ३६ जना सदस्य थिए भने गत साउन ३१ गतेसम्म १४ हजार ४ सय ७१ पुगेको छ ।
सो संस्थाले गत आर्थिक वर्ष २ करोड ४० लाख ६० हजार ६ सय २६ रुपैंया खुद मुनाफा लिने लक्ष्य राखेकोमा ६९ लाख ४७ हजार ९ सय ८० रुपैंया मात्रै नाफा गरेको देखिएको छ । एकीकृत फ्रेण्डसिपमा कुल बचत ९७ करोड ४४ लाख ३२ हजार ८ सय ५१ रहेको छ भने ऋण लगानी ९७ करोड २० लाख ९० हजार २ सय २५ र शेयर पूँजी १० करोड ६४ लाख ६४ हजार ५ सय रहेको संस्थाले जानकारी दिएको छ । दोलखाको जिरीमा मुख्य कार्यालय भई सदरमुकाम चरिकोट र रामेछापको प्रिति, बेताली तथा मन्थलीमा समेत सेवा केन्द्र विस्तार भइसकेको साकोसमा गत आर्थिक वर्षसम्म १३ हजार ७ सय ३६ जना सदस्य थिए भने गत साउन ३१ गतेसम्म १४ हजार ४ सय ७१ पुगेको छ ।
असोज १ गतेदेखि सुरु भएको साधारणसभा हालसम्म गर्जाङ सेवा केन्द्र, ठोसे सेवा केन्द्र, मालि सेवाकेन्द्र, जिरी खिम्ती सेवा केन्द्र, बेताली सेवा केन्द्र र रस्नालु सेवाकेन्द्र क्षेत्रको वार्षिक साधारण शभा सम्पन्न भएको छ । अन्य सेवा केन्द्रहरुमा साधारणसभा भइरहेको साकोसले जनाएको छ । साधारणसभा असोज ८ गतेसम्म जारी रहनेछ ।










