images
images

संघीय संसदमा मेरो बलियो दाबी छः नेता भण्डारी

  • ३ आश्विन २०७९, सोमबार १५:२१

दोलखा । नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य शिबप्रसाद भण्डारीले संघीय सांसदको लागि आफु उपयुक्त पात्र रहेको बताउनुभएको छ ।

हाम्रो रेडियोको बहसमुखी कार्यक्रम साझा सरोकारमा कुराकानी गर्दै नेता भण्डारीले आफुले संघीय सांसदको दाबी गरेको र त्यही अनुसारको तयारी गरिरहेको बताउनुभयो । उहाँले नेकपा एस जिल्लामा गठबन्धन दलभित्र तेस्रो स्थानमा रहेपनि आफुले गरेको सेवा, जनसेवा विकास निर्माणका कामहरु सबै हेर्दा संघको दाबी गर्दा आफु उपयुक्त पात्र रहेको धारणा राख्नुभयो । नेता भण्डारीले नेकपा एमालेकै नेता कार्यकर्ताले समेत माया गर्ने पात्र आफु भएकोले संगठनको बल भन्दा पनि आफ्नो उपस्थिती नै ओजिलो भएकाले आफु बलियो उम्मेदवार रहेको दाबी गर्नुभयो । उहाँले अहिले आफुले प्रदेशमा दाबी नगरेको भन्दै एकपल्ट अवसर नपाएको व्यक्ति संघीय सांसदको योग्य भएको भन्ने आम दोलखालीहरुको सुझाव अनुसार आफ्नो दाबी संघमा रहेको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य शिबप्रसाद भण्डारीले संघीय सांसदको लागि आफु उपयुक्त पात्र रहेको बताउनुभएको छ । उहाँले नेकपा एस जिल्लामा गठबन्धन दलभित्र तेस्रो स्थानमा रहेपनि आफुले गरेको सेवा, जनसेवा विकास निर्माणका कामहरु सबै हेर्दा संघको दाबी गर्दा आफु उपयुक्त पात्र रहेको धारणा राख्नुभयो । नेता भण्डारीले नेकपा एमालेकै नेता कार्यकर्ताले समेत माया गर्ने पात्र आफु भएकोले संगठनको बल भन्दा पनि आफ्नो उपस्थिती नै ओजिलो भएकाले आफु बलियो उम्मेदवार रहेको दाबी गर्नुभयो । नेकपा एसको उपस्थिती बेगर गठबन्धन दललाई मत नपुग्ने भन्दै उहाँले सानो भनेर हेप्ने अवस्था नरहेको धारणा राख्नुभयो ।

केन्द्रले उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको अवस्थामा निर्णय नहुन्जेल संघमा तीन वटै दलको दाबी रहेको र सबै प्रत्यासी रहेको उहाँको भनाई छ । नेता भण्डारीले सांगठनिक हिसावले हेर्दा भर्खरै निर्माण भएको पार्टी भएपनि नेकपा एस नभए कांग्रेस र माओवादी केन्द्र अधुरो हुने भन्दै गठबन्धनभित्र आफ्नो पार्टी निर्णायक रहेको बताउनुभयो । नेकपा एसको उपस्थिती बेगर गठबन्धन दललाई मत नपुग्ने भन्दै उहाँले सानो भनेर हेप्ने अवस्था नरहेको धारणा राख्नुभयो । नेकपा एमालेसँग जनतामाझ जान चुनावी मुद्धा नभएको भन्दै नेता भण्डारीले एमालेले समेत आफुलाई समर्थन गरे अझ राम्रो हुने धारणा राख्नुभयो । केन्द्रले आफ्नो पक्षमा निर्णय नगरे पनि जसले टिकट पाएपनि नेकपा एस ईमानदारीतापूर्वक गठबन्धनको पक्षमा उभिने उहाँको भनाई छ ।

नेता भण्डारीले गठबन्धन ईमान्दार, संस्कार र संस्कृति सहितको हुनुपर्नेमा जोड दिँदै आगामि निर्वाचनमा जित गठबन्धनको पक्षमा हुने बताउनुभयो । उहाँले दोलखामा गठबन्धन बलियो रहेकाले गठबन्धनको साझा उम्मेदवारले जित हासिल गर्ने दाबी गर्नुभयो ।