images
images

काभ्रेपलाञ्चोकमा ग्यास लिक भएर आगलागी हुँदा एक पुरुषको मृत्यु

  • ३ आश्विन २०७९, सोमबार १८:०१

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा ग्यास लिक भएर आगलागी हुँदा एक पुरुषको मृत्यु भएको छ ।

पाँचखाल नगरपालिका वडा नम्बर ४ पुरानो बजारमा आज ग्यास लिक भएर आगलागी हुँदा भारतको सिलामडीका ४२ वर्षिय शंकर शाहको जलेर मृत्यु भएको हो । आफ्नै कोठामा खाना पक्राउने क्रममा अचानक ग्यास लिक भएर आगलागी हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौंकी पाँचखालबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो ।