images
images

गौरीशंकर बहुउदेश्यीय सहकारीद्धारा १० करोड ८८ लाख बढी कारोबार

  • ३ आश्विन २०७९, सोमबार २०:०७

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ३ स्थित गौरीशंकर बहुउदेश्यीय सहकारी लिमिडेटले १० करोड ८८ लाख बढी कारोबार गरेको छ ।

गौरीशंकर साकोसले २३ औं वार्षिक साधारणसभाको अवसरमा १० करोड ८८ लाख १९ हजार ३ सय ४२ रुपैयाँ कारोबार गरेको जानकारी गराएको हो । साकोसले गत वर्षसम्म १ करोड ३ लाख १ हजार ७ सय रुपैयाँ रुपैयाँ आम्दानी गरेको छ भने १ करोड २४ लाख ७ सय ६५ रुपैयाँ खर्च गरेको छ । यस्तै संस्थाको शेयर पुँजी ८१ लाख २८ हजार रहेको छ भने २७ लाख ३८ हजार ५ सय ४३ रुपैयाँ जगेडा कोष र ८ करोड ३१ लाख ७८ हजार ४ सय १२ रुपैयाँ बचत निक्षेप रहेको संस्थाका अध्यक्ष श्याम कृष्ण थापाले जानकारी दिनुभयो । साधारणसभामा संस्थाका सचिव दिपक धनुकेले साकोसको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष माधव प्रसाईले संस्थाको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

हाम्रो रेडियोको सभाहलमा आज सम्पन्न साधारणसभामा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धर, वडा नम्बर ६ का वडाध्यक्ष नविन लामा, वडा नम्बर ३ का वडाध्यक्ष हरिशरण शिवाकोटी, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाई, चरिकोट बहुउद्धेशिय सहकारी संस्थाका अध्यक्ष विकास चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।