images
images

मुलुकभर यसरी मनाईयो संविधान दिवस, हेर्नुहोस् तस्वीरमा

  • ३ आश्विन २०८१, बिहीबार १९:५८

काठमाडौँ । आज मुलुकभर विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाईएको छ ।

दिवसको अवसरमा सरकारले काठमाडौँको दरबारमार्गमा सांगितिक कार्यक्रम आयोजना गरेको छ । सरकारले आयोजना गरेको विशेष सांगितिक कार्यक्रम (नेशनल डे कन्सर्ट) मा सर्वसाधारणहरुले हातमा नेपालको राष्ट्रिय झण्डाका बोकेर उत्सव मनाईरहेका छन् भने राष्ट्रिय स्तरका कलाकारहरुले सांगितिक प्रस्तुती दिईरहेका छन् ।

संविधान दिवसको अवसरमा यसअघि आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको थियो ।

आज बागमती प्रदेशमा पनि दिवस मनाईएको छ । बागमती प्रदेशले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो ।

दोलखामा पनि आज भव्यरुपमा संबिधान दिवस मनाईएको छ । संबिधान दिवस जिल्ला समारोह समितिको आयोजना र भीमेश्वर नगरपालिकाको व्यवस्थापनमा दोलखामा पनि भव्यरुपमा दिवस मनाईएको हो । जिल्लाका अन्य स्थानमा पनि दीप प्रज्वलन सहित विभिन्न कार्यक्रम गरिएको छ । नेपाली जनताको सातदशक लामो सँघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धीको रुपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । सोही दिनको स्मरणमा सरकारले असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रुपमा मनाउने गरेको छ ।