images
images

डेंगु देशव्यापी महामारीको रुपमा फैलियो, १६ दिनमा ११ हजार संक्रमित

  • २ कार्तिक २०७९, बुधबार ०७:४७

काठमाडौं । नेपालमा पछिल्लो १६ दिनयता ११ हजार बढीमा डेंगु संक्रमण पुष्टि भएको छ ।

असोज १५ गतेसम्म ३० हजार १ सय ८६ जनामा डेंगु संक्रमण पुुष्टि भएकोमा कार्तिक १ गतेसम्म संक्रमितको संख्या बढेर ४१ हजार ७ सय ४३ पुगेको हो । १६ दिनको अवधिमा ११ हजार ५ सय ५७ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साउन महिनायता ४१ हजार ७ सय ४३ जना संक्रमित भइसकेका छन् भने ४९ जनाको मृत्यु भएको छ । सरकारी तथ्याकंमा करिब ४२ हजार जनामा संक्रमित पुष्टि भएको आँकडा भएपनि एक लाख भन्दा धेरैलाई डेंगु संक्रमित भएको जनस्वास्थ्य विद्हरुले अनुमान गरेका छन् । केही स्थानमा संक्रमित कम देखिँदैमा जोखिम कम नहुने कम नभएको डा. शेरबहादुर पुनले बताउनुभयो । डेंगुको प्रकोप अझै डेढ महिनासम्म रहिरहने इडिसिडीले जनाएको छ ।
नेपालमा डेंगु देखिएको १९ वर्षको अवधिमा सबैभन्दा धेरै संक्रमित यो वर्ष भइसकेको मन्त्रालयले जनाएको छ । सन् २००४ मा पहिलो पटक एक जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।

सातै प्रदेश अर्थात् ७७ वटै जिल्लामा सङ्क्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै सङ्क्रमित बाग्मती प्रदेशमा पुष्टि भएको छ । बाग्मती प्रदेशमा ३२ हजार ४९४ जना सङ्क्रमित भएका छन् । बाग्मती प्रदेशपछि लुुम्बिेनी प्रदेशमा ४ हजार ३९९ वटा केस पुष्टि भएको इडीसीडी अन्तर्गत किट्जन्य शाखाका प्रमुख डा। गोकर्ण दाहालले बताए । बाग्मती,लुम्बिनी प्रदेशपछि प्रदेश नम्बर एकमा १ हजार २८२ वटा केश देखिएको छ । यस्तै, क्रमशः सुदूरपश्चिम १ हजार १४४,गण्डकी प्रदेशमा १ हजार ९१,मधेस प्रदेश ६८५ र कर्णाली ६४७ वटा केस देखिएको छ ।

यसैबिच, सरकारले डेंगु नियन्त्रणको काम गरिरहेको दाबी गर्दागर्दै नेपालमा डेंगु संक्रमणले देशव्यापी महामारीको रुप लिएएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च तहले डेंगुलाई ‘मौसमी प्रकोप’को रूपमा मात्रै लिंदा ठूलो जनधनको क्षति भएको हो ।