काठमाडौं । ताप्लेजुङमा टयाक्टर दुर्घटनामा परी एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
जिल्लाको मैवाखोला गाउँपालिका वडा नम्बर १ तेल्लावुङमा ट्याक्टर दुर्घटना हुदाँ एकै परिवारका दुई दाजु भाइसहित ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३१ वर्षिय पासाङ शेर्पा र उनका २४ वर्षिय भाई फुर्वा शेर्पा, २२ वर्षिया शर्मिला शेर्पा र १७ वर्षिया लाकी शेर्पा रहेका छन् । तेल्लावुङबाट वडा नम्बर ५ काम्माङतर्फ जाँदै गरेको ५६५५ नम्बरको टु्याक्टर दुर्घटना भएको ताप्लेजुङका प्रहरी नायव उपरीक्षक डिएसपी कैलाश राईले जानकारी दिनुभयो ।










