images
images

आजदेखि देशभर बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदै

  • २ कार्तिक २०७९, बुधबार ०८:३५

काठमाडौं । सरकारले आज र भोली मुलुभरका बालबालिकालाई जुकाको औषधी र भिटामिन ए खुवाउँदैछ ।
६ महिनादेखि ५९ महिलासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १ देखि ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधी खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ए क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधी सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने गरिन्छ ।

दोलखाका ११ हजार बालबालिकालाई भिटामिन ए खुवाइँदै

दोलखाका ११ हजार बढी बालबालिकालाई पनि आजदेखि जुकाको औषधी र भिटामिन ए खुवाइँदैछ । जिल्लाका ९ स्थानिय तहका ११ हजार ८१ जना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँने भएको हो । जसमध्ये ६ महिला देखि ११ महिनासम्मको १ हजार ५९ जना भिटामिन ए र १२ महिना देखि ५९ महिना सम्मको १० हजार १ सय २१ जना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँने भएको हो । जिल्लाको जिरी नगरपालिकाका ५ हजार ६ सय ५४, भिमेश्वर नगरपालिकाका २ हजार ५ सय ६९ जना र गौरीशंकर गाउँपालिकाका ९ सय १८, विगुका ११ सय ४३, कालिञ्चोक गाउँपालिकाका १६ सय ४२ जना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँने स्वास्थ्य कार्यालय दोलखाका सुचना अधिकारी पुरुषोत्तम अर्यालले जानकारी दिनुभयो । यस्तै शैलुङका ९ सय ९२, मेलुङका १ हजार ५९, तामाकोशीका १ हजार ४५ जना र बैतेश्वर गाउँपालिका ११ सय ५९ ६ महिनादेखि ५९ महिना उमेर समुहका बालिबालिका भिटामिन ए र जुकाको औषधी खुवाइँने भएको हो ।

यसैगरी, भीमेश्वर नगरपालिकाका २ सय ४३ जना, जिरीका ३९ जना, गौरीशंकरका १ सय २०, विगु गाउँपालिकाका १ सय ३ जना, कालिञ्चोकका १ सय ४६ जना, शैलुङका ८० जना, मेलुङका १ सय २९ जना, तामाकोशीका ९८ जना र बैतेश्वर गाउँपालिकाका १ सय १ जना बालबालिकालाई भिटामिन ए खुवाइँने भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । गाउँपालिका अन्तर्गतका महिला स्वास्थ्य स्वयमसेविकाले तोकेको स्थानमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तमराज खनालले आग्रह गर्नुभयो।