images
images

नवौँ राष्ट्रिय खेलकुदः बागमती प्रदेशलाई हालसम्म ७४ पदक

  • २ कार्तिक २०७९, बुधबार ०९:४७

जिरी (दोलखा) । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बागमती प्रदेशले हालसम्म ७४ पदक जितेको छ ।

बागमतीले १५ स्वर्ण, २८ रजत र ३१ कास्यसहित ७४ पदक हासिल गरेको हो । यसअघि प्रदेशमा निरन्तर अग्रता बनाएको बागमती अहिले पछि परेको छ । आयोजक गण्डकी प्रदेशले पदक तालिकामा पछिल्लो पटक बागमतीलाई पछि पारेको हो ।

गण्डकीले १६ स्वर्ण, १५ रजत र ३० कास्यसहित ६१ पदक जितेको छ । सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत र २० कास्यसहित ३२ पदक जित्दा एनआरएनले सात स्वर्ण, सात रजत र चार कास्य गरी १८ पदक ल्याएको छ । मधेस प्रदेशले पाँच स्वर्ण सात रजत र १९ कास्यसहित ३१ पदक, प्रदेश नंम्बर १ ले तीन स्वर्ण १६ रजत र ३२ कास्यसहित ५१ पदक ल्याएका छन् । यसैगरी, लुम्बिनी प्रदेशले तीन स्वर्ण, १२ रजत र २२ कास्यसहित ३७ पदक प्राप्त गर्दा कर्णाली प्रदेश पदक तालिकाको अन्तिममा छ । कर्णालीले हालसम्म एक स्वर्ण, दुई रजत र सात कास्य गरी १० पदक ल्याएको छ ।

यही असोज २८ गतेदेखि औपचारिक रुपमा सुरु भएको नवौँ राष्ट्रिय खेलकुद कात्तिक ३ गते समापन हुँदैछ । प्रतियोगिताको छैंटो दिन आज विभिन्न २६ खेल हुनेछ ।