images
images

शेयर बजार दोहोरो अंकले घट्यो

  • २ कार्तिक २०७९, बुधबार १६:१०

जिरी (दोलखा) । शेयर बजार दोहोरो अंकले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ८१ अंकले घटेर एक हजार आठ सय ४५ दशमलव ५१ विन्दुमा झरेको हो । आज म्युचल फन्ड र होटल बाहेक सबै समूहको शेयर घटेको छ । दुई सय १६ वटा कम्पनीको २१ लाख ५१ हजार कित्ता शेयर ६४ करोड ३६ लाख रुपैँयामा कारोबार भएको छ । आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर साढे ६ प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । यद्धपी, भियान लघुवित्त र सयपत्री हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।