images
images

सिन्धुपाल्चोकमा जुकाको औषधि सर्किएर तीन वर्षिय बालकको ज्यान गयो

  • २ कार्तिक २०७९, बुधबार १८:३२

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक बालकको जुकाको औषधि सर्किएर मृत्यु भएको छ ।

जुगल गाउँपालिका वडा नम्बर २ गोल्चे निम्लुङमा जुकाको औषधि सर्किएर तीन वर्षिय बालकको मृत्यु भएको हो । स्थानीय सुप्पा लामाको तीन वर्षिय छोरा शंम्शेर लामाको आज जुकाको औषधि खुवाउने क्रममा सर्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । औषधि खुवाउने क्रममा सर्किएपछि बालकलाई उपचारका लागि एम्बुलेन्समा राखेर प्राथमिक स्वास्थ्य केन्द्र साङबोटे लगिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य केन्द्रका प्रमुख डा.सञ्जीव खड्काले जानकारी दिनुभयो । मृतक बालकको शब पोस्टमार्टमका लागी हाल चौतारा अस्पतालमा राखिएको छ ।