images
images

रामेछापबाट पक्राउ परेका इन्जिनियरको साथबाट थप साँँढे ९ लाख रकम बरामद

  • २ कार्तिक २०७९, बुधबार १८:५०

रामेछाप । रामेछापमा २८ लाख घुस रकम सहित पक्राउ परेका इन्जिनियर र प्लम्बरको साथबाट थप साँढे ९ लाख रकम बरामद भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रामेछापको खानेपानी कार्यालयबाट आज घुस रकम सहित इन्जिनियर नवराज सत्याल र प्लम्बर बखत बहादुर थापालाई पक्राउ गरेको थियो । उनीहरु दुवै जनाको खानतलासी लिने क्रममा थप साँढे ९ लाख रकम फेला परेको अख्तियारले जनाएको छ । यसअघि आज दिउँसो अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका वडा नम्बर १ स्थित खानेपानी कार्यालयको क्वाटरबाटै पक्राउ गरेको थियो ।

पक्राउ परे लगत्तै उनीहरुको साथबाट १५ लाख नगद र १२ लाखको चेक गरी २८ लाख बरामद गरिएको थियो । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको अख्तियार स्रोतले बताएको छ ।