दोलखा । हिमाली जिल्ला दोलखामा म्याद सकिएका खाद्यान्न तथा दैनिक उपभोग्य सामान र पेय पदार्थहरु खुलमखुला विक्रि गर्ने गरेको पुष्टि भएको छ ।
उद्योग र डिलरहरुले म्याद सकिनै लागेका सामानहरु जिल्ला भित्रयाउने र ती सामान बजार तथा उपभोक्तासम्म पुग्दा म्याद गुज्रिने गरेको पाइएको छ । दोलखाका तीन वटा स्थानीय सरकार र घरेलु कार्यालय दोलखाले दुई साता यता गरेको बजार अनुगमनको क्रममा जिल्लामा ठूलो मात्रामा म्याद गुज्रिएका सामान फेला परेको छ । उपभोक्तामा चेतनास्तर कम भएको र दुर्गम तथा भौगोलिक विकटता रहेका क्षेत्रमा व्यापारीले म्याद सकिएका सामान पठाएर विक्रि गर्ने गरेका छन् । जसका कारण उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ ।
दोलखाको भीमेश्वर र जिरी नगरपालिका तथा वैतेश्वर गाउँपालिकाले गरेको बजार अनुगमनमा ठूलो परिमाणमा खाद्यान्न, दैनिक उपभोग्य सामान र पेय पदार्थको उपभोग्य अवधि अर्थात म्याद गुज्रिएको पाईएको छ । घरेलु कार्यालय दोलखाले शैलुङ र तामाकोशी गाउँपालिकाको बजारमा गरेको छुट्टै अनुगमनमा पनि म्याद गुज्रिएका सामान फेला परेका छन् । बजारमा म्याद गुज्रिएका सामान मात्र नभई वालवालिकाले अत्यधिक मन पराउने लेज, कुरमुरे, चिजबल, चाउचाउ, बिस्कुट र चक्लेटहरुमा उत्पादन मिति समेत नराखिएको अनुगमन समितिले फेला पारेको छ ।
उद्योग र डिलरहरुले म्याद सकिनै लागेका सामानहरु जिल्ला भित्रयाउने र ती सामान बजार तथा उपभोक्तासम्म पुग्दा म्याद गुज्रिने गरेको पाइएको छ । दोलखाको भीमेश्वर र जिरी नगरपालिका तथा वैतेश्वर गाउँपालिकाले गरेको बजार अनुगमनमा ठूलो परिमाणमा खाद्यान्न, दैनिक उपभोग्य सामान र पेय पदार्थको उपभोग्य अवधि अर्थात म्याद गुज्रिएको पाईएको छ । वैतेश्वर गाउँपालिकाले गरेको अनुगमनको क्रममा १० लाख भन्दा बढीको सामान जफत हुनुले पनि बजारमा म्याद सकिएका खानेकुराको बिगबिगी रहेको पुष्टि भएको छ ।
बजारमा म्याद सकिएका दाल, तेल, चिउरा, दालमोठदेखि कोक, फ्यान्टा, स्प्राइट, डिउ, फ्रुटी लगायतका पेय पदार्थ पनि फेला परेका छन् । घरेलु कार्यालय दोलखाका प्रमुख रामप्रसाद भुषालले अनुगमनको क्रममा दोलखाको बजारमा म्याद गुज्रिएका र प्याकेजिङ तथा लेवलिङ नभएका सामानहरु फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार म्याद गुज्रिएका र जफत गरिएका सामान मध्ये चिसो पेय पदार्थ सवैभन्दा बढी रहेको छ । उत्पादन मितिले चारदेखि ६ महिनाभित्र मात्रै सेवन गर्नु पर्ने भएपनि बजारमा एक बर्ष अवधि पार भएका पेय पदार्थ फेला परेका छन् । वैतेश्वर गाउँपालिकाले गरेको अनुगमनको क्रममा १० लाख भन्दा बढीको सामान जफत हुनुले पनि बजारमा म्याद सकिएका खानेकुराको बिगबिगी रहेको पुष्टि भएको छ । पालिकाले जफत गरेका सामान आगो लगाएर नष्ट पारेको छ । यस्तै, जिरी नगरपालिकाले गरेको बजार अनुगमनको क्रममा पनि ठूलो परिमाणमा म्याद गुज्रिएका सामान जफत गरेको छ । नगरपालिकाले जफत गरेको सामान डम्पिङ साइडमा खाल्डो खनी पुरेर नष्ट गरिएको छ । अनुगमन समितिका संयोजक मानवहादुर जिरेलले स्थानीय व्यापारीले उत्पादन मिति नहेरी सप्लायर्सवाट सामान झार्ने र म्याद सकिएका खाद्यान्न उपभोक्तासम्म पुग्ने गरेको पाइएको बताउनुभयो ।
दोलखामा काभ्रेपलाञ्चोकको बनेपा र सिन्धुलीवाट खाद्यान्न, दैनिक उपभोग्य सामान र पेय पदार्थ आयात गरिन्छ । कतिपय उद्योगका चरिकोट बजारमै डिलरहरु रहेका छन् भने केहीले गाडिमा सहरदेखि गाउँ गाउँसम्म सामान लगेर विक्रि गर्ने गरेका छन् । उपभोग्य सामानको म्याद गुज्रिन लागेपछि हिमाली र पहाडि जिल्लाका गाउँवस्तिमा पठाइने गरेको छ । व्यापारीहरुले व्यक्तिगत लाभकालागि यस्तो हर्कत गर्ने गरेका छन् ।










