images
images

खुर्कोटमा बेलिब्रिज राख्ने क्रम तीब्र, केही दिनमै यातायात सञ्चालन हुने सेनाको भनाई

  • ३ कार्तिक २०८१, शनिबार १३:२६

काठमाडौँ । अविरल वर्षाका कारण बाढीले बगाएको खुर्कोटको पुल छिट्टै सञ्चालनमा आउने भएको छ ।

गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले बगाएको खुर्कोटको झोलुङ्गे पुल छिट्टै सञ्चालनमा आउने भएको हो । अब केही दिनमा नै यातायात सञ्चालन गर्न मिल्नेगरी तीब्र्र गतिमा काम भैरहेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार हाल पुलको पाता बिछ्याउने र लेवल मिलाउने लगायत अन्य काम भैरहेको र सवारी आवागमन गर्न तीनदेखि पाँच दिनसम्म लाग्नेछ ।

सेनाले बेलिब्रिजको काम तीब्र रुपमा गरेसँगै पुलमा अबको केही दिनमा नै यातायात सञ्चालन गर्न मिल्ने भएको हो । रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रुपमा रहेको खुर्कोटको पुल बगाउँदा रामेछाप, दोलखा, सिन्धुलीवासीलाई काठमाडौँ तथा तराईका विभिन्न भागमा आवातजावत गर्न समस्या भएको छ । साथै खाद्यान्न ढुवानी गर्नका लागि समस्या हुँदा तरकारी लगायतका सामाग्रीको महँगी बढेको छ ।