images
images

सोलुखुम्बुको नेचासल्यानमा मतदान अधिकृत मृत फेला

  • ३ मंसिर २०७९, शनिबार ०८:२४

जिरी(दोलखा) । सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत फेला परेका छन् ।

जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका हुन् । फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै स्थानमा मृत फेला परेकोे सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल जङ्ग शाहले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान केन्द्रमै सुतेका राय आज बिहान करिब ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएका हुन् ।

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थल पुगिसकेको छ । सर्लाही हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । उनी सुगर र मुटुको रोगी थिए ।