images
images

फेक समाचारमा विश्वास नगर्न कांग्रेस र माओवादीको संयुक्त अपिल

  • ३ मंसिर २०७९, शनिबार १५:१५

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले फेक समाचारमा विश्वास नगर्न मतदाताहरुलाई आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमा दुई दलबीच फाटो ल्याउने दुरासयले सुचनाहरु सम्प्रेषण भएपछि सत्ता गठबन्धनमा रहेका दलहरु कांग्रेस र माओवादीले फेक समाचारमा विश्वास नगर्न संयुक्त रुपमा आह्वान गरेका हुन् । कांग्रेस र माओवादी केन्द्रका केन्द्रिय कार्यालयका मुख्य सचिवहरुले आज दिउँसो संयुक्त वक्तव्य जारी गर्दै प्रतिष्ठित अनलाइन मिडियाको दुरुपयोग गरेर दुई दलबीचको फाटो गराउने दुरासयले सामाजिक सञ्जालहरुमा प्रेषित सुचनाहरुप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । निर्वाचनको अन्तिम घडीमा मतदातामा अन्योल सिर्जना गर्न रचिएको षड्यन्त्रले राजनितिक पराजयको मानसिकता पुष्टि भएको दुवै दलको ठहर छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न सञ्चारमाध्यमहरुको फेक समाचारको कटिङ भाइरलबनेका छन् । सत्तारुढ गठबन्धनलाई लक्षित गर्दै नयाँ पत्रिका, अनलाइन खबर, सेतोपाटी, रातोपाटी लगायत मिडियामा प्रेसित समाचारजस्तै देखिने गरी नक्कल गरी फेक समाचार तयार गरिएको हो । गठबन्धनमा दरार आएको, माओवादीलाई सहयोग नगर्न कांग्रेसले आन्तरिक सर्कुलर गरेको जस्ता फेक समाचारहरु सञ्चारमाध्यममा हुबहु देखिने गरी तयार गरिएका समाचारका कटिङहरु समाजिक सञ्जालमा व्यापक शेयर भइरहेका छन् । यो सुचनाप्रति गम्भिर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रुपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कारबार्हीका लागी निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण गराइएको छ भने अपराधपुर्ण काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारवार्हीका लागि सरकारसँग माग गरिएको छ ।