images
images

सिन्धुपाल्चोकमा पैसा बाँड्दै हिँडेको आरोपमा एमाले उम्मेदवारका छोरा पक्राउ

  • ३ मंसिर २०७९, शनिबार २१:२०

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा मौन अवधिमा पैसा बाँड्दै हिँडेको अवस्थामा एमाले उम्मेदवारका छोरा पक्राउ परेका छन् ।

आज साँझ इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा पैसा र चेकसहित एमालेका प्रदेशसभा उम्मेदवार अमानसिंह तामाङका छोरा छत्र तामाङको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट चेकबुक र नगद १ लाख १४ हजार रूपैयाँ बरामद गरेको एसपी रामेश्वर यादवले जानकारी दिनुभयो । प्रहरीको गस्ती टोली देखेपछि सो टोलीले बाँकी पैसा भीरमा फालेका थिए । सिन्धुपाल्चोकका डिएसपी शिव बुढाथोकीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताउनुभयो ।